३२ जनाले गरे रक्तदान
धनगढी । माया मेट्रो अस्पताल धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । बुधबार सरस्वती पूजा र प्रणय दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन् ।धनगढी ३ मा रहेको अस्पतालले स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै एक दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा भएको रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पतालले अपेक्षा गरेको छ ।रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसा पत्र समेत दिइएको थियो । रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरेकोमा अस्पतालले सबैलाई धन्यावाद ज्ञापन व्यक्त गरेको छ । सय बेडको अस्पतालले चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, सिटी स्क्यान सेवा, आइसियु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा दिइरहेको छ। 

फागुन २ गते माया मेट्रो अस्पतालले रक्तदानको आयोजना गर्ने
धनगढी । माया मेट्रो अस्पताल धनगढीले प्रणय दिवसको उपलक्ष्यमा एक दिने रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको दिन फागुन २ गते रक्तदानको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ । स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै अस्पतालले तीन रतीन महिनाको अन्तरालमा रक्तदानको आयोजना गर्दै आइरहेको छ । नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा हुने सो रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पताले विश्वास लिएको छ । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि साँझ ३ बजेसम्म सञ्चालन हुनेछ । यस अघि अस्पतालले दशैको उपलक्ष्यमा एक दिने रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको थियो सो दिन ५० जना भन्दा बढीले रक्तदान गरेका थिए । सय बेडको अस्पतालले चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, एम. आर. आई, सिटी स्क्यान सेवा, आइसियु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा दिइरहेको छ ।

माया मेट्रो हस्पिटलका मेडिकल डाइरेक्टर सहित तीन जना डाक्टर सम्मानित
धनगढी । धनगढी उपमहानगरपालिका ०३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालका तीन जना डाक्टर सम्मानित भएका छन् ।कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीले २३औँ स्थापना दिवसको अवसरमा माया मेट्रो हस्पिटलका मेडिकल डाइरेक्टर वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. मोहन साँउद सहिद तीन जनालाई सम्मानित गरेको हो ।सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको य‍ोगदानको कदर गर्दै मेडिकल डाइरेक्टर साँउद सहिद मेडिकल अधिकृत डा. अदिती जोशी र डा. आयुसमा ओझालाई सम्मानित गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले तीनै जनालाई कदरपत्रले सम्मानित गरेका हुन् ।