बाटोमा अचेत अवस्थामा भेटिएका नरेश सुनारको माया मेट्रोले गर्यो निःशुल्क उपचार
धनगढी । बाटोमा अचेत अवस्थामा भेटिएका कञ्चनपुरका नरेश सुनारको धनगढीमा रहेको माया मेट्रो हस्पिटलले निःशुल्क उपचार गरी डिस्चार्ज गरेको छ ।
शनिवार साँझ कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा सुनार अचेत अवस्थामा फेला परेका थिए । कृष्णपुरमा रहेको वाणी हस्पिटलमा प्राथमिक उपचार गराई थप उपचारका लागि माया मेट्रो हस्पिटल धनगढीमा पुर्याएको थियो ।
उहाँको यस माया मेट्रो हस्पिटलमा तीन दिन सम्म आइसियूमा राखेर उपचार गराइएको र उहाँको परिवार सम्पर्कमा नआएको र उनको आर्थिक समस्या पनि निकै कमजोर रहेको पाइएकोले यस हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण उपचारको खर्च निःशुल्क गरेको हो ।