३२ जनाले गरे रक्तदान

  • February 14 , 2024

धनगढी । माया मेट्रो अस्पताल धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । बुधबार सरस्वती पूजा र प्रणय दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन् ।

धनगढी ३ मा रहेको अस्पतालले स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै एक दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा भएको रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पतालले अपेक्षा गरेको छ ।

रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसा पत्र समेत दिइएको थियो । रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरेकोमा अस्पतालले सबैलाई धन्यावाद ज्ञापन व्यक्त गरेको छ । सय बेडको अस्पतालले चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, सिटी स्क्यान सेवा, आइसियु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा दिइरहेको छ।